भरत शर्मापाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले सिद्वार्थ राजमार्गको नयाँपाटीदेखि बर्तुङ्गसम्म र तानसेन तम्घास सडकअन्तर्गत टक्सार चोकदेखि रिब्दीकोट गाउँपालिकाको सिमाना सामाकोटसम्म सडक चौडा बनाएको छ । पाँच दशक अगाडि निर्माण भएको सिद्धार्थ…