स्याङ्जा, बैशाख ८ । स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ । केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिनुभयो ।…