विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताउनुभएको छ । रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण शुरु गरिएको थियो तर मुआब्जा वितरण वैज्ञानिक नभएको भन्दै २२ घरपरिवारले मुआब्जा लिन मानेका छैनन्…