काठमाडौं, जेठ २५ । प्रतिपक्षी दलका सांसदहरूले प्रदेश २ सभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध पारेका हुन् । सभामुख सरोज यादवले प्रदेशसभा बैठक शुरू गरेलगत्तै तीनै दलका सांसदहरूले विरोध जनाएका हुन् । एमालेका सांसद सुन्दरबहादुर…