कर्णाली प्रदेशले घाइतेहरूको निःशुल्क उपचार गर्ने, देशका पाँच अस्पतालबाट सेवा • Image Khabar Image Khabar


कर्णाली प्रदेशले घाइतेहरूको निःशुल्क उपचार गर्ने, देशका पाँच अस्पतालबाट सेवा


Imagekhabar
११ फाल्गुन २०७७, मंगलवार ०८:०३

कर्णाली प्रदेशले घाइतेहरूको निःशुल्क उपचार गर्ने, देशका पाँच अस्पतालबाट सेवा

काठमाडौं । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ ।

घाइते तथा अपांगहरुको निःशुल्क उपचारका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच वटा अस्पतालसँग सम्झौता गरी यो सेवा सुरु गरेको हो । जसमा कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौं, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर छन् ।

यसअघि प्रदेश सरकारले पीडितलाई उपचार खर्च वापत दिँदै आएको रकम दुरुपयोग भएको भन्दै अस्पतालसँग सम्झौता गरेर उपचार सेवा सुरु गरेको बताइएको छ । सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा अंगभंग भएका र घाइते तथा अपांगको पहिचान बनाएका करिब १२ हजारमध्ये उपचार गरिनुपर्ने घाइते र अपांग करिब सात सय बढी रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्