काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको हो । आइतबार मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको थियो । लगत्तै बराललाई महान्यायाधिवक्ता बनाउनेगरी तयारी गरिएको जनाइएको छ ।…