हेटौंडा, असार २७ । बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा पहिले चार्जिङ स्टेशन बनाएर रुट समेत तय गर्ने बताउनुभएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिंदै उहाँले प्रदेश सरकारले गर्ने ३० वटा विद्युतीय बस मध्ये २० वटा बस काठमाडौंमा र बाँकी १० वटा उपत्यकाबाहिर चलाइने बताउनुभयो ।…