जनकपुर । जनकपुरको श्रम तथा रोजगार कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राहीले निकै सास्ती भोग्नुपरेको छ । संघीय सरकारले श्रम स्वीकृतिलाई सहजता बनाउन प्रदेश स्तरमा कार्यालयहरु स्थापना गरे पनि कर्मचारी अभावले सेवाग्राहीलाई काम गराउन समय बढी लाग्ने गरेको हो । वैदेशिक रोजगारीमा जानेलाई राहदानी नवीकरण गराउने काम मात्र गर्दै आएको जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयमा दैनिक…