काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई आज पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक–पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधान अनुसार कारवाही…