काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्नुभएको छ । मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले मुख्यमन्त्रीमा दावी रहेको प्रतिक्रिया दिनुभएको हो । हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने…