Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


बाग्मतीका यी १२ सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

मुख्यमन्त्री शाक्य अल्पमतमा

0
Shares

श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशका १२ जना सांसदहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

नेकपा (एमाले)को विवादपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका गराएका थिए । दल दर्ता भएसँगै निर्वाचन आयोगले मंगलबार सनाखत गर्न समय अवधि तोकेको थियो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले आयोग पुगेर सनाखत गरेका हुन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।