काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विपक्षी नेकपा (एमाले)का सांसद अनुपस्थित रहेको प्रदेशसभामा उपस्थित २२ सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गर्नुभयो । मुख्यमन्त्री…