काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको मात्रै संज्ञा दिएर नपुग्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले यस्तो बताउनु भएको हो । सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई दिएको ’हेडमास्टर’ को संज्ञा नपुगेको भन्दै बाँस्कोटाले एमाले…