६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : कांग्रेस नेता परियार


130
Shares

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको छ ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गर्नुभएको थियो । सोमवार प्रतिनिधिसभा बैठकमा परियारले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको हो । आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो ।

उहाँले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।

सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताउनु भयो ।