काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सहकारीकर्मीहरु आन्दोलनमा छन्…