काठमाडौं। सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले मन्त्री एवं सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार सरकार प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । सरकारको प्रतिनिधित्व सम्बन्धित…