काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पटक-पटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना…