Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य शेर्पाको निधन


338
Shares

काठमाडौं। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको बिहीबार निधन भएको छ।

शेर्पाको बिहीबार काठमाडौंकाे कपनस्थित निवासमा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए ।

उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरमाथिसम्म पुग्नुभएकाे थियाे । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभएकाे छ।