काठमाडौं । राजनीतिक दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् । गत सोमबार र मंगलबारको जेनजी युवाकाे उथलपुथलपछि बिहीबारदेखि नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो । राजनीतिक दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन गर्न थालेका छन् । उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर, जेनजी युवाकाे…