काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। भरतपुरको चौबिसकोठीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देशलाई न्याय र सुशासनतर्फ लैजान अब कुनै पनि हालतमा पछि नहट्ने बताउनुभएकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै उहाँले डर र हिचकिचाहट त्यागेर अनुहारमा हाँसो ल्याउन आग्रह गर्नुभएकाे…