काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताउनुभएको । उहाँले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको…