बाँके, असोज १३ । नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरेको छ । सडकछेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालिएपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो । सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाईसमेत आवत–जावतमा समस्या भएपछि उपमहानगरपालिकाले अभियान सुरु गरेको…