विराटनगर, असोज ३ । प्रदेश नम्बर १ मा विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदै छ । तीन दिनको कार्यक्रम सार्वजनिक गरेको प्रदेश सरकारले अस्थायी राजधानी विराटनगरमा पहिलोपटक वृहत औपचारिक कार्यक्रम गरेको हो । विराटनगरको शहीद रंगशालामा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकी, सेना तथा प्रहरीको परेड, गीत–नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा…