घोराही, असोज २५ । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न स्थानमा करिब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो । वर्षात्को समयमा आकाशबाट आउने पानीलाई संकलन गरी स्थानीय जनताको जीविकोपार्जन र आय–आर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिकता दिएको…