Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


बजारमा रासायनिक विषादीको बिगबिगी : मुख्यमन्त्री शाही

सुर्खेत, माघ ४ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजारमा रासायनिक विषादीको बिगबिगी रहेको बताएका छन् । शुक्रबार सुर्खेतमा लघुवित्त संस्थाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले ओगटेको टिप्पणी गरे । कृषिका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नसकिने बताउँदै उनले प्रदेश सरकार समग्र विकासको योजना निर्माणमा लागेको उल्लेख गरे ।