काठमाडौं, भदौ ३ । ललितपुर महानरपालिका–२०, न: टोलस्थित पलेस्वा पोखरीको पार्किङ सन्चालनको विवाद टुंगिएको छ । मंगलबार महानगरपालिका र स्थानीयबीच भएको वार्तापछि विवाद टुंगिएको हो । वार्तापछि नेपाल भ्रमण वर्ष २०२० सम्मका लागि उक्त पोखरी भएको स्थानमा पार्किङ सन्चालन गर्न दिइने सहमति भएको छ । यस्तै, सन् २०२१ जनवरीको तेस्रो हप्तादेखि पोखरी निर्माण सुरु गरिने…