जलेश्वर, मंसिर १५ । महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले छ सय ५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले तीन सय ४६ मत ल्याएका छन् । भने नेकपाका…