डोटी, मंसिर १५ । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा छ सय ६८ ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल छ सय ५६ मत…