बिराज रोस्यारा (इमेज): कैलाली, जेठ २९ । प्रदेश नम्बर–७ को सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतरुपले पारित भएको छ । शनिबार प्रदेशप्रमुख मोहनराज मल्लले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम तीन दिनको छलफलपछि मंगलबार पारित गरिएको हो । सरकारको नीति तथा कार्यक्रमा तीन दिनसम्म प्रदेशसभा बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा…