बारा, चैत १४ । नगरबासीहरुसँग खाट मागेर निजगढ नगरपालिकाले उद्योग वाणिज्य संघ निजगढको कार्यालय हातामा क्वारेन्टाइनस्थल स्थापना गरेको छ । क्वारेन्टाइनमा राख्ने बेडका लागि नगरपालिकाले नागरिकका घर–घरबाट काठको खाट संकलन गरेको हो । खाट मााग्न निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेवी लामिछाने, वडाध्यक्ष सुदर्शन बडाल नगरछेउका गाउँका घरघरमा पुगेका थिए । निजगढ नगरपालिका वडा…