कैलाली, साउन १ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा आठ गरी २२ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराकै आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…