Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा


0
Shares

सुर्खेत, असार ३१ । प्रदेश सरकाले साउने संक्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने सङ्क्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो । रासस

Skip This