चितवन, वैशाख ६ । चितवनको राप्ती नगरपालिकामा एकै परिवारका दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपाइएको छ । राप्तीको वडा नम्बर–८ का दुईजनामा शुक्रबार कोरोनाभाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा–छोरा हुन् । उनीहरु बेलायतबाट यही चैत ३ गते नेपाल आएका थिए । संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवात–जावतमा रोक लगाउने तयारी गरेको…