विराटनगर, असार १ । विराटनगरमा प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रभावकारी अनुसन्धान र अभियोजनका लागि शुरु भएको सम्मेलनमा सातवटा विषयमा छलफल हुनेछ । कार्यक्रममा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले अपराध अनुसन्धान र अभियोजन तथा सरकारवादी मुद्दाको पैरवी र प्रतिरक्षालाई प्रभावकारी बनाउन अनुसन्धानकर्ता र वकिलको समन्वय हुनुपर्ने बताए । त्यस्तै…