हेटौंडा, वैशाख ८ । वाग्मती प्रदेशअन्तर्गतका विभिन्न समितिको बैठकले कोरोनाभाइरस नियन्त्रणमा गम्भीर बन्न प्रदेश सरकारलाई सुझाव दिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि, उद्योग, पर्यटन तथा वातावरण र प्रदेश मामिला समितिबीच सोमबार भएको ‘भिडियो कन्फरेन्स’ले कोरोनाभाइरस नियन्त्रण र ‘लकडाउन’ले पारेको समस्याहरुको विषयमा छलफल गरी सरकारलाई सुझाव दिएको हो । तीनओटै समितिका संयोजकको अध्यक्षतामा भएको भिडियो…