भक्तपुर, जेठ २९ । प्रदेश नम्बर–३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्नेक्रममा मंगलबार भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाका अध्ययन गर्नेक्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो ।…