चितवन, साउन ३० । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोरोना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एक हप्ता ‘लकडाउन’ गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।…