वाग्मती, भदौ १ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उहाँको स्वाब परीक्षणको सोमबारको 'रिपोर्ट पोजिटिभ' देखिएको उहाँको सचिवालयले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले पनि सोको पुष्टि गर्नुभयो । हेटौंडास्थित आफ्नै निवासमा उहाँ सेल्फ 'आइसोलेसन'मा बस्नुभएको छ । कोरोना…