नविन सिंहजनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसलाई तीन र माओवादी केन्द्रलाई दुई मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । नियुक्त हुनुभएका मन्त्रीहरूको शपथग्रहण आजै साँझ साढे ७ बजे हुने मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।…