गलत नियतले पालिकामा अनुदान पठाएको भन्दै प्रदेश २ सभा अवरुद्ध • Image Khabar Image Khabar


गलत नियतले पालिकामा अनुदान पठाएको भन्दै प्रदेश २ सभा अवरुद्ध


Imagekhabar
२५ जेष्ठ २०७८, मंगलवार १९:२६

गलत नियतले पालिकामा अनुदान पठाएको भन्दै प्रदेश २ सभा अवरुद्ध

काठमाडौं, जेठ २५ । प्रतिपक्षी दलका सांसदहरूले प्रदेश २ सभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख सरोज यादवले प्रदेशसभा बैठक शुरू गरेलगत्तै तीनै दलका सांसदहरूले विरोध जनाएका हुन् ।

एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले चलाखीपूर्ण तरिकाले सशर्त अनुदानको रकम पालिकामा पठाएर सांसदहरूको अपमान गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्