काठमाडौं । प्रदेश नं १ प्रदेशसभा बैठकमा विनियोजन विधेयक अन्तरगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल सकिएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो । छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले…