काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासु-ससुरा बस्ने घरमा पनि छापा मारेको छ । आइतबार साला भूषण राणा र उहाँका बुबा-आमा बस्ने ललितपुर महानगरपालिका–४ काे जावलाखेलमा रहेका छुट्टा-छुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुनुहुन्छ ।…