Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सर्वोच्च जलाएको आरोपमा पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ


6.1k
Shares

काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेललाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे। पूर्वनेकपामाओवादी केन्द्रका नेता समेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाएको फुटेजका आधारमा उनको संलग्नता पत्ता लागेको थियो।

यसअघि सर्वोच्चमा आगजनी तथा तोड्फोड गर्ने २ जना युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।