Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी डोकोभरी बोकेर हिंड्न सक्दैनः प्रधानमन्त्री कार्की

विश्वविद्यालय स्वायत्त हुनुपर्ने र राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पुर्‍याउन सक्ने अवस्था छैन

182
Shares

काठमाडाैं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिंड्न नसकिने बताउनुभएको छ।

विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताउनुभएको हो। बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उहाँले सोही व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफू पनि सहमत रहेको समेत उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पुर्‍याउन सक्ने अवस्था नरहेको तर्क समेत गर्नुभयो। उहाँले विश्वविद्यालयलाई आफैं फुल्ने र फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरु आफैंले आय-आर्जन गर्ने बाटोको खोजी गर्नुपर्ने पनि बताउनुभयो।