Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


योमरी पुन्हिलाई संस्कारका रूपमा अघि बढाउनुपर्नेमा उपप्रमुख डंगोलकाे जाेड

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हिलाई संस्कारका रुपमा मनाउनुपर्ने बताउनुभएको छ। काठमाडौंमा बिहीबार २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गर्नुभयाे। याेमरी पुन्हि एउटा पर्व मात्र नभइ संस्कार भएको उहाँले जिकिर गर्नुभएकाे छ।…