Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


एमालेमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

'पार्टीमा रहर गर्ने साथीहरूलाई प्रतिस्पर्धा खुला छ'

637
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभएकाे छ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औं राष्ट्रिय महाधिवेशन जनपरिचालन भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको उहाँकाे भनाइ छ।

महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताउनुभयाे। पार्टीको तल्लो कार्यकर्ता तह भन्दा माथिल्लो तहमा समस्या रहेको उहाँकाे भनाइ छ। संकट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुने पनि उहाँले बताउनुभयाे। तर जति तल तह आयो त्यो संकट समाधान हुने र कार्यकर्ताले पार्टीको रक्षा गर्ने उहाँकाे तर्क छ।

महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताउनुभयाे। त्यस्तै, उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताउनुभएकाे छ। त्यसैगरी कमिटीका अध्यक्ष प्रेम पराजुलीले महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्नेमा जाेड दिनुभयाे।

Skip This