Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


पार्टी अध्यक्ष ओलीले महिलालाई सधैं अपमान गरेको उपाध्यक्ष शाक्यकाे आरोप

काठमाडाैं। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुलाई सधैं अपमान गरेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामी-झाँक्री भनेर अपमान गरेको बताउनुभयो। गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटक-पटक अपमानित शब्दहरु प्रयोग…