Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि

काठमाडाैं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हाे। आफूहरुले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएता पनि सोही अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो।…