काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कार्यक्रम गर्न दिने विद्यालयबारे अनुसन्धान हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी…