Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


जेनजीकाे आन्दोलनले उठाएका माग आगामी ५ महिनाभित्र पूरा गर्ने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

आफ्नो कार्यकालमा केही गर्न नसके पनि नियतबस गलत कार्य भने नगर्ने तर्क

806
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताउनुभएको छ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दावी गर्नुभएको हो । उहाँले आन्दोलनले उठाएका मुद्दाहरु आगामी ५ महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भ्रष्टाचारविरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ । उहाँले आफ्नो कार्यकालभरी केही गर्न नसकेता पनि नियतबस गलत कार्य नगर्ने पनि बताउनुभयो।

उहाँले भन्नुभयो,-‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन। तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेनजी आन्दोलनले दिएका म्यान्डेटहरु पूरा गर्नुपर्नेछ । ति जेनजी युवाहरुका मागहरु पूरा गर्नको लागि सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट पूरा गर्न अहोरात्र काम गरिरहेका छौं ।’

सञ्चारमन्त्री खरेलले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताउनुभयो ।