शुभकला राई, ओखलढुंगा । ओखलढुंगामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार मतदाता रिझाउन यतिबेला घरदैलोमा व्यस्त छन् । मतदाताहरु पनि यसपटक उम्मेदवारको अनुहार भन्दा पनि ठोस एजेण्डा र कार्यक्षमतालाई प्राथमिकता दिने मनसायमा देखिएका छन् । यतिबेला ओखलढुंगामा चुनावी माहोल निकै तातिएको छ । उम्मेदवारहरु मतदाता रिझाउन र आ–आफ्ना एजेण्डा बोकेर गाउँ पसेका छन् । तर मतदाताहरु…